news मृत पतिको शुक्रकिट बाट बच्चा जन्माउने इच्छा

5:24 PM

काठमाडौं, जेठ २१ – फ्रान्सको अदालतले एक स्पेनिस महिलालाई उनको मृत्त पतिको शुक्राणु प्रयोग गर्न अनुमति दिएको छ ।

फ्रान्सको सर्वोच्च अदालतले स्पेनिस महिला मारियानालाई उनको मृत्त पतिको शुक्राणु प्रयोग गरी आमा बन्न अनुमति दिएको हो ।

 अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएअनुसार स्पेनिस महिला मारियाना गोमेजको ३० वर्षीय इतालवी पतिको गत वर्ष क्यान्सरबाट मृत्यु भएको थियो । तर उनको पतिले किमोथेरापी गर्नु भन्दा अघि नै आफ्नो शुक्राणु फ्रिज गराएका थिए ।

मारियाना र उनका पति त्यस बेला फ्रान्सको राजधानी पेरिसमा बस्दै आएका थिए । सोही कारण सुनुवाई फ्रान्सको अदालतमा भएको हो । त्यहाँको अधिकारकर्मीले मारियानालाई फ्रान्समा फ्रिज गराइएको शुक्राणु स्पेन लैजान रोक लगाएपछि उनले अदालतमा मुद्दा पेश गराएकी थिइन् । अदालतले पनि विशेष कारण देखाउँदै उनको पक्षमा फैसला सुनाएको हो ।
 

You Might Also Like

0 comments