news रियल मड्रिड ११ औं पटक च्याम्पियन्स लिगको च्याम्पियन
5:34 PM
जेठ १६ – रियल मड्रिड ११ औं पटक युरोपको च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा छिमेकी क्लब एथ्लेटिको मड्रिडलाई पेनाल्टीमा ५–३ ले हराएर रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि उचाल्यो । योसँगै रियल मड्रिडले १–१ को बराबरी भएपछि थप गरिएको ३० मिनेटमा पनि दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।
0 comments